नेकपा (माओवादी केन्द्र)को युवा संगठन वाइसीयलले नेपालले २ सय ३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको छ ।
विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियल नेपालको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २३१ सदस्यीय केन्द्रिय समिति चयन गरेको हो ।
भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी भने नयाँ केन्द्रिय समितिलाई नै दिएको छ ।
केन्द्रिय समितिको बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रिय समितिका सदस्यहरु भने चयन गरिएको वाईसियलका ईन्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ले जानकारी दिनु भयो ।
नयाँ केन्द्रिय समितिमा २३ जना भने पछि मनोनित हुनेछन । इन्चार्ज दिपशीखाका अनुसार वाईसियलको बिधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २३१ जनामध्ये २३ जना पछि मनोनित हुनेछन ।
गत शनिबारबाट सुरु भएको वाईसियलको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध सेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी गर्नु भएको थियो ।
तर सहमती जुटाउन नसकेपछि केन्द्रिय समितिले नै पदाधिकारी चयन गर्नेगरी नयाँ केन्द्रिय कार्य समिति राष्ट्रिय भेलाले चयन गरेको हो ।
माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले काठमाडौंमा उद्घाटन गर्नु भएको भेलाले माओवादी केन्द्रलाई आगामी निर्वाचनमा सबैभन्दा ठूलो राजनीतिक दल बनाउने गरी युवाहरुलाई परिचालन गर्ने निर्णय पनि गरेको वाईसियल, नेपालले जनाएको छ ।