काठमाडौं- नेपालमा फागुनसम्ममा कोरोना भाइरस संक्रमण बिरुद्धको खोप आइसक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले बताए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हृदयेश त्रिपाठीले आफ्नो व्यक्तिगत जीवनमा फागुन महिनामा धेरै चमत्कारी हुदै आइरहेको भन्दै उनले यो बर्षको फागुनामा पनि चमत्कार नै हुन्छ भन्ने आशा राख्दै नेपालमा फागुन महिना भित्रमा नै खाप आइसक्ने संकेत दिएका छन् ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दक्षिण एसियाली राष्ट्रहरुले खोप लगाउँदा हामी पनि उनिहरुसँगै खोप लगाउने बताए । उनले भने नेपालमा कुन खोप कहाँबाट ल्याउदा प्रभावकारी होला भनेर आन्तरीक छलफल धेरै गहिराइसम्म पुगिसकेको छ । खोपमा जति सम्भावना छन् ती सबैको खोजीमा रहेको उनले जानकारी दिए ।
उनले भने नेपाली जनतालाई कोरोना खोप आधारभुत रुपमा निः शुल्क वितरण गर्ने हाम्रो प्रतिवद्धता लाई पुरा गर्नु छ । तर स्वास्थ्य सामग्री पनि राजनीतिक विषय भएको छ। खोप ल्याउने विषयमा कानुनी जटिलताहरु केहि हदसम्म कम भएको उनले बताए साथै खोप कोषमा हाल ६८ करोड रहेको छ समेत जनाकारी दिए । हामीलाई खोप ल्याउनमा केहि हदसम्म आर्थिक तबरले समस्या देखिएको छ ।
खरिद प्रक्रिया पूर्ण पारदर्शी र वितरण न्यायपूर्ण हुने उनले बताए । कोभ्याक्सबाट २० प्रतिशत सुनिश्चितता भएको समेत उनले जानकारी दिए। खरिद प्रकृयामा निजी क्षेत्रलाई पनि पर राख्न नचाहेको उनको भनाइ छ । उनले भने 'सरकारले आफुले पनि नल्याउने निजीलाई पनि ल्याउन नदिने भनेर बाहिर जतिपनि हल्ला भइरहेका छन् यी सबै झुटा कुरा हुन् ।
उनले भने 'सुरुमा फ्रन्टलाइनरमा काम गर्ने ३ प्रतिशतलाई , ५५ वर्ष उमेर माथीका, दीर्घरोगीहरुलाई र त्यसपछि को २० प्रतिशत छुटाइएको जनसंख्यालाई भ्याक्सिन दिइनेछ। त्यसका लागि तथ्यांक संकलन भएको छ । '
'ढुक्क हुनुस् खोप आउँछ, निश्चित हुनुस् खोप आउँछ' भन्दै मन्त्री त्रिपाठीले कुन देशबाट कति दिनमा आइ सक्छ भन्दा पनि हामीले बोलेर हैन नतिजा देखाउदै छौं त्यसका लागि सम्पुर्ण तयारी लगभग सकिएको उनले बताए ।
करिब १६ हजार खोप केन्द संचालनमा रहेका लाई परिचालित गरिने उनले जानकारी दिए । उनले भने 'त्यसका लागि ५ हजार कर्मचारी रहेको र ५२ हजार महिला स्वयसेवक परिचालन गर्न सक्ने हाम्रो अवस्था छ । भण्डारणको लागि हामीसँग करिब पूग्दो छ । ढुवानीको लागि पनि तयारी भइरहेको छ ।, विभिन्न देशमा कुटनितिक नोटहरु पठाइसकेका छौ । राजनितिक पहलकर्मी अगाडि बढिरहेका छन् ।'
नेपालका लागी २ देखि ८ डिग्री तपक्रममा राख्न मिल्ने खोपलाई मुख्य प्रथामिकतामा राखिएको मन्त्रालयले जनाएको छ ।