काठमाडौं– मुस्लिम आयोगले मुस्लिम समुदाय धेरै भएका जिल्लामा मुस्लिम समुदायकै गणक राख्न आग्रह गरेको छ ।
मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले केन्द्रीय तथ्यांक विभागसहितको बैठकमा मुस्लिम समुदाय धेरै भएका २२ जिल्लामा मुस्लिम समुदायकै गणक राख्ने सहमति भएको हो । प्रश्नावलीमा सचेतनाका लागि पोस्टर पम्प्लेटलगायतका प्रचार प्रसार सामग्री प्रयोग गर्नेलगायतका सहमति भएको छ ।
तथ्यांक विभागका उपमहानिर्देशक हेमराज गिरी सहभागी हुनुभएको बैठकले अघिल्लो जनगणनामा कतै मुस्लिम र कतै मुसलमान लेखिएको भन्दै यसलाई मुस्लिममा मात्रै सीमित गर्न तथ्यांक विभागसँग आग्रह गरिएको अध्यक्ष अन्सारीले बताउनुभयो । उहाँले आगामी जनगणनामा मुस्लिम आयोग र तथ्यांक आयोगको सहकार्यमा समुदायलाई सचेत गराउन पम्प्लेट बाँड्नेजस्ता कार्यमा सहयोग गरेर अघि बढ्ने निर्णय भएको पनि बताउनुभयो ।
अन्सारीले मुस्लिम आयोगले प्रत्येक जिल्लामा एउटा समिति बनाउने र त्यो समितिसँग तथ्यांक विभागको टिमबीच सहकार्य गरेर घरदैलोमा जाने जानकारी दिए
अघिल्लो जनगणनामा अधिकांश विदेशिएका मुस्लिम युवाहरु छुटेको भन्दै यसपटकको जनगणनामा नछुटाउन आग्रह गरिएको बताउनुभयो ।