काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले जितीया पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देशमा भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त नेपालमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नु भएको छ ।

जितीया पर्व आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइने उल्लेख गर्दै राष्ट्रपति भण्डारीले निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको बताउनु भएको छ ।

यस पर्वले समाजमा विद्यमान अन्धविश्वास‚विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी राष्ट्रपतिले शुभकामना व्यक्त गर्नुभएको छ ।