वेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड आमेसको हत्या आतङ्कवादी हमलावाट भएको त्याँहाको प्रहरीले वताएको छ ।

पटकपटकको प्रयास र तयारीपछि डेभिडको हत्या भएको हो । हत्या कट्टरपन्थी इस्लामिक समुदायले गरेको हुनसक्ने महानगरीय प्रहरीको अनुमान छ ।

हत्याको आरोपमा त्यहाँको प्रहरीले एक जना २५ वर्षीय युवकलाइ पक्राउ गरेको छ । हत्या गरीएका ६९ वर्षीय साँसद डेभिड वेलायतका राष्ट्रवादी नेताका रुपमा परिचित हुनुहुन्थ्यो ।

हत्यापछि त्याहाँका साँसदहरुको सुरक्षा अरु चुस्त पारिएको छ । गृह मन्त्रालयका सचिव प्रिती पटेलले साँसद डेभिडको हत्या लोकतन्त्रमाथिको निन्दनीय आक्रमण भएको प्रतिकृया दिनुभएको छ ।-