इक्‍वेडरको जेलमा विरोधी समूह बीच भएको भिडन्तमा परी ६८ जना कैदीबन्दीको मृत्यु भएको छ । घटनामा कयौं घाइते भएका छन् ।

गत सेप्टेम्बर यता मात्रै यस्तै भिडन्तमा परी १ सय जनाभन्दा बढी कैदीहरुको मृत्यु भइसकेको अधिकारीहरुले जनाएका छन् ।

शुक्रबार साँझमा ग्वायाकिल शहरको एक जेलमा बिरोधी ग्याङबीच दंगा भएको थियो । दंगा नियन्त्रणका लागि जेलभित्र पसेको प्रहरी टोलीले बन्दुक तथा विष्फोटक पदार्थ भेटिएको जनाएको छ ।

यस वर्ष मात्रै इक्वेडरका विभिन्न जेलमा भएको झडपमा परी ३ सय जनाभन्दा बढी कैदी बन्दीको मृत्यु भएको छ । गत सेप्टेम्बर मा भएको भिडन्त इक्वेडरकै इतिहासमा सबैभन्दा खतरनाक रहेको थियो ।

विभिन्न समूहका कैदीबन्दीले जेलभित्रै प्वाल पारेर एक आपसमा समन्वय गरी आक्रमण गरेका थिए । सो घटनामा सयौं जेल अधिकारी तथा सैनिक जवान समेत मारिएका थिए ।-