काठमाडौं । नेकपा (एमाले)को करीब ८५ प्रतिशत महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले देशका अधिकांश जिल्लामा सर्वसम्मतिले प्रतिनिधि चयन भएको बताएका छन् ।
एमालेले आगामी मंसिर १०–१२ गते चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनमा सहभागी हुनका लागि एमालेले हिजो एकै दिन देशभर प्रतिनिधि छनोट गरेको थियो । तर, कतिपय ठाउँमा भने प्रतिनिधि छनोट लम्बिएको छ ।
पार्टीले निर्धारण गरेको मापदण्डअनुसार खुला, महिला र उत्पीडित समुदायबाट प्रतिनिधिको छनोट गरिएको भट्टराईले बताए ।
यी हुन् एमालेको महाधिवेशन प्रतिनिधि चयन भएका जिल्लाहरूः
प्रदेश १ः
पाँचथर, इलाम, झापा, संखुवासभा, तेह्रथुम, मोरङ, धनकुटा, सोलुखुम्बु, ओखलढुंगा, उदयपुर, खोटाङ र भोजपुर ।
बागमती प्रदेशः
दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर, नुवाकोट, धादिङ, चितवन र मकवानपुर ।
उपत्यका विशेष कमिटीः
पेशागत, युवा विद्यार्थी, मजदुर र उद्योग व्यवसाय विशेष जिल्ला कमिटी ।
गण्डकी प्रदेशः
गोरखा, लमजुङ, नवलपुर, तनहुँ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, बागलुङ, मुस्ताङ र मनाङ ।
लुम्बिनी प्रदेशः
गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही, कपिलवस्तु, दाङ, प्युठान, रुकुम, रोल्पा, बाँके र बर्दिया ।
कर्णाली प्रदेशः
हुम्ला, डोल्पा, मुगु, कालीकोट, जुम्ला, जाजरकोट, रुकुमपश्चिम, सल्यान र सुर्खेत ।
सुदूरपश्चिम प्रदेशः
दार्चुला, बैतडी, बझाङ र डडेल्धुरामा चयन कार्य सम्पन्न भइसकेको छ भने कञ्चनपुर, कैलाली, अछाम, डोटी र बाजुराका केही क्षेत्रमा प्रक्रिया जारी छ ।
केन्द्रीय सल्लाहकार परिषद्, जनसंगठन, प्रदेश कमिटीहरु, प्रदेश सम्पर्क कमिटीहरू र प्रवास समन्वय कमिटीहरूबाट पनि प्रतिनिधि चयन भइसकेका छन् ।
पार्टीका केन्द्रीय विभागहरू र केन्द्रीय कार्यालयबाट प्रतिनिधि चयन सम्पन्न भइसकेको छ ।