दाङ- दाङको लमहीमा बस दुर्घटना हुँदा २९ जना यात्रु घाइते भएका छन् । सुर्खेतबाट काठमाडौ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख ०२१९ नम्बरको बस लमही नगरपालिका वडा नम्बर ३ नारायणपुरमा दुर्घटना भएको हो ।

दुर्घटनामा बसमा सवार २९ जना यात्रु घाइते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । बसको पट्टा भाचिएपछि अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि बाँके पठाइएको छ ।-