काठमाडौं– नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्नेमा जोड दिनुभएको छ ।

एमाले पार्टी कार्यालय थापाथलीमा शुक्रबार दिउँसो पदबहाली गर्दै अध्यक्ष ओलीले गठबन्धनले क्षेत्रलाई निकम्मा बनाएको तथा लोकतन्त्रका आधारलाई भत्काउने काम गरकाले नयाँ चुनावमा जानुपर्ने बताउनुभएको हो ।

अध्यक्ष ओलीले सर्वोच्च अदालत, बार एसोसिएसन, सर्वोच्चमा बार देखिएको समस्याले मुलुकको समग्र न्याय क्षेत्रको दुरावस्था प्रकट भएको बताउनुभयो ।

सरकारले मंसिर २४ देखि बोलाएको संसद बैठक फेरि पनि चल्न नदिने ओलीको भनाइ छ । आफूहरुले कारबाही गरेका सांसदहरुलाई नरोकेसम्म संसद चल्न नदिने उहाँले बताउनुभयो ।