काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आसन्न १४ औ महाधिवेशनको तयारीलाई व्यवस्थीत रुपमा अघि बढाउन पाटी पङ्तीलाई निर्देशन दिनुभएको छ ।

पार्टी कार्यालय सानेपामा महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न केन्द्रमा गठन भएका विभिन्न समितिका संयोजकहरुसँग छलफल गर्दै देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिनुभएको हो ।

बैठकमा प्रचार प्रसार समिति, आवास समिति, स्वास्थ्य समिति लगाएतले उद्घाटन समारोहका तयारीका बारेमा जानकारी गराएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

महाधिवशेनमा पार्टीको महामन्त्रीले संगठनात्मक प्रतिवेदन, कोषाध्यक्षको लेखा प्रतिवेदन र अनुमोदनका लागि छुट्टै प्रतिवेदन पेश हुने प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

महाधिवेशनका लागि नेपालका मुख्य राजनीतिक दलका नेताहरुलाई आमन्त्रण गरिएको प्रवक्ता शर्माले बताउनुभयो । उहाले महाधिवेशनको बन्द सत्र सकिएपछि निर्वाचन प्रक्रियामा जाने र मतदानमा २९ वटा मतपत्र हुन सक्ने बताउनुभयो ।

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा हुँदैछ ।-