काठमाडौं– निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत गरेको छ ।

आयोगका अनुसार पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका तय गरिएीको छ । मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्यतालिका तय गरिएको छ ।

माघ १२ गते बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको छ ।