काठमाडौं– नेकपा (माओवादी केन्द्र) को प्रदेश सम्मेलन आज हुँदैछ । सात भौगोलिक र तीन गैर भौगोलिक प्रदेशमा सम्मेलन हुन लागेको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल माध्यमबाट सम्मेलन उद्घाटन गर्ने कार्यक्रम छ । माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुनेछ ।

नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आउँदो पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ । राष्ट्रिय सम्मेलनमार्फत माओवादीले आगामी कार्यदिशा निर्माण गर्ने बताएको छ ।