काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाउनुभएको छ । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । जारी मतगणनाको पछिल्लो परिणाम-

गणना भएको जम्मा मत: २१०६

१)   शेरबहादुर देउवा  ९९१
२)   शेखर कोइराला ७६२
३)   प्रकाशमान सिंह १७४
४)   विमलेन्द्र निधि १३७
५)   कल्याण गुरुङ

कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।