भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बनारसमा करीब ११ अर्ब रुपैयाँ बराबरको विकास परियोजना सम्पन्न भएको उपलक्ष्यमा गंगा नदीमा डुबुल्की मारेर स्नान गर्नुभएको छ ।

गंगा नदीसँग जोडिएको विश्वनाथको मन्दिर र अन्य भवनहरु पुनर्निर्माण गर्ने परियोजना सम्पन्न भएकोमा मोदीले गंगामा डुबुल्की मार्नुका साथै विश्वनाथ मन्दिरमा पुजा अर्चना गर्नुभएको दृश्य पश्चिमा सञ्चार माध्यमले सम्प्रेषण गरेका छन् । बनारसमा निर्वाचन नजिक आएकोले पनि निर्माण कार्यमा जोड दिएको कुरा समाचारमा उल्लेख छ ।-