काठमाडौं– नेपाली कांग्रेसको सभापतिका लागि भएको निर्वाचनमा वर्तमान सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले अरू उम्मेदवारसँग मतान्तर बढाउनुभएको छ । राष्ट्रिय सभागृहमा भइरहेको मतगणनामा देउवाले सुरूवातदेखि अग्रता लिनुभएको थियो । जारी मतगणनाको पछिल्लो परिणाम-
गणना भएको जम्मा मत: ३७७९
| १) |
शेरबहादुर देउवा |
१७९८ |
| २) |
शेखर कोइराला |
१४१३ |
| ३) |
प्रकाशमान सिंह |
२८६ |
| ४) |
विमलेन्द्र निधि |
२०० |
| ५) |
कल्याण गुरुङ |
१९ |
कांग्रेसको १४औं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आइतबार भएको मतदानमा ४ हजार ६७९ मत खसेको थियो । कांग्रेसको विधानमा सभापतिका लागि कुल खसेको मतको बहुमत ल्याउनुपर्छ । ४ हजार ६७९ मत खसेकाले सभापतिमा जित्न २३४० मत चाहिन्छ । नभए धेरै मत ल्याउने दुई उम्मेदवारबीच फेरि प्रतिस्पर्धा हुनेछ ।