काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणना भइरहेको छ । सानेपास्थित कांग्रेस मुख्यालयमा बिहान १० बजेबाट मतगणना सुरु भएको हो ।

महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्छ । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्छ ।

सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।

गणना भएको मत संख्या : हालसम्म कुनै मतपरिणाम प्राप्त भएको छैन ।*

क्र.सं.  उम्मेदवारको नाम  मत  परिणाम
१ गगनकुमार थापा – –
२ प्रदीप पौडेल – –
३ डा. प्रकाश शरण महत – –
४ विश्वप्रकाश शर्मा – –
५ डा. मिनेन्द्र रिजाल – –
६ डा. राजाराम कार्की – –