काठमाडौं- रक्षामन्त्री डा. मिनेन्द्र रिजालले राजीनामा घोषणा गर्नुभएको छ ।

 उहाँले महामन्त्री पदको अन्तिम परिणाम घोषणा भएपछि प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘महामन्त्रीमा जस्तो परिणाम आयो, नैतिकताले मैले छाड्नुपर्छ ।’

महामन्त्रीका ६ जना प्रतिस्पर्धीमध्ये डा. रिजाल पाँचौ स्थानमा हुनुहुन्छ । उहाँ डा. शेखर कोइरालाको समूहबाट महामन्त्री उम्मेदवार हुनुहुन्थ्यो ।

 

कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा डा. रिजालले असोज २२ गते रक्षामन्त्रीको जिम्मेवारी पाउनुभएको थियो ।

डा. रिजाल २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा मोरङ क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थियो ।