काठमाडौं- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदको निर्वाचनमा गगनकुमार थापा र विश्वप्रकाश शर्माले एकोहोरो अग्रता लिनुभएको छ ।
सानेपास्थित कांग्रेस मुख्यालयमा भएको मतगणनामा सुरुवातीदेखि नै थापा र शर्माको अग्रता कायमै छ ।
महामन्त्रीमा शेरबहादुर देउवा समूहबाट डा. प्रकाश शरण महत र प्रदीप पौडेल तथा डा. शेखर कोइराला समूहबाट गगन थापा र डा. मिनेन्द्र रिजाल प्रतिस्पर्धामा हुनुहुन्थ्यो । प्रकाशमान सिंह समूहबाट विश्वप्रकाश शर्मा र विमलेन्द्र निधि समूहबाट डा. राजाराम कार्की पनि महामन्त्रीमा प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
सोमबार भृकुटीमण्डपमा भएको मतदानमा कुल ४ हजार ६ सय ७९ मत खसेको थियो ।
गणना भएको मत संख्या : २५००
क्र.सं. |
उम्मेदवारको नाम |
मत |
परिणाम |
१ |
गगनकुमार थापा |
१६४८ |
– |
२ |
विश्वप्रकाश शर्मा |
१०१९ |
– |
३ |
डा. प्रकाश शरण महत |
८२७ |
– |
४ |
प्रदीप पौडेल |
७४६ |
– |
५ |
डा. मिनेन्द्र रिजाल |
४३६ |
– |
६ |
डा. राजाराम कार्की |
६४ |
– |