कोरोना महामारी र खराब मौसमका कारण अमेरिकामा हवाई उडान अहिलेसम्मकै उच्च संख्यामा रद्द भएको छ ।

हिजै मात्रै विश्वभर ४ हजार ४ सयभन्दा बढी उडान रद्द भएका थिए । त्यसमध्ये २ हजार ५ सय भन्दा बढी उडान अमेरिकामा मात्रै रद्द भएको हवाई ट्राफिक सम्बन्धी वेबसाइट फ्लाइट अवेरले जनाएको छ ।

कोरोना संक्रमितको सम्पर्कमा आएपछि चालक दलका सदस्यलाई क्वारेन्टिन बस्नु पर्ने लगायतका कारण एयरलाइन्सहरुमा कर्मचारीको अभाव हुने गरेको छ ।

यात्रुहरुका समस्याका साथै मध्य अमेरिकामा परेको बाक्लो हिमपातले पनि हवाई उडान प्रभावित भएका छन् । सिकागो, ओहारे र मिडवे विमानस्थलमा मात्रै १ हजारभन्दा बढी उडान रद्द भएका छन् ।

ओमिक्रोन संक्रमणका कारण कर्मचारी अभाव हुनु र मौसमी खरावी विशेष गरी हिमपातका कारण उडान रद्द गर्नुपर्ने अवस्था आएको एयरलाइन्सहरुले जनाएका छन् ।-