काठमाडौं– सत्तारुढ नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भर्चुअल माध्यममा हुने भएको छ ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार शुक्रबार दिउँसो ३ बजे बोलाइएको बैठक भर्चुअल हुनेछ । भर्चुअल बैठकको लिङ्क एसएमएस मार्फत पठाइने उहाँले बताउनुभयो ।

बैठकको एजेन्डा केन्द्रीय कार्यसम्पादन समिति गठन सम्बन्धमा रहेको छ ।