काठमाडौँ । आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस । हरेक वर्ष १४ फेब्रुअरीका दिन आज नेपालसहित विश्वभर प्रेमी–प्रेमिकाले एक अर्कालाई विभिन्न उपहार दिएर माया दर्शाउने गरिन्छ । आफूलाई मन परेका व्यक्तिसमक्ष प्रेम प्रस्तावसमेत राख्ने गरिन्छ ।
विशेषगरी युवावर्गले यसलाई उत्सवकै रुपमा मनाउने गरेका छन् । यो दिवसमा युवायुवतीहरुले प्रेम प्रस्ताव राख्ने दिनका रुपमा लिने गरेका छन् । पछिल्ला केही वर्षदेखि नेपालमा पनि प्रणय दिवस विशेष रूपले मनाउने गरिएको छ ।
भ्यालेन्टाइन डेको सुरुआत ईस्वी सम्वत् २६९ मा भएकोे मानिन्छ । एक सम्राटले सैनिकहरू नारीसँगको सम्बन्धका कारण कमजोर हुने भन्दै प्रेम र बिबाहमा रोक लगाएका थिए । तर रोममा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरे । आफ्नै अभियान विरूद्धको गतिविधि सैह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिए । झुण्ड्याइनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिकालाई दिएका थिए ।
भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । त्यही दिनको सम्झनामा प्रत्येक वर्षको १४ फेब्रुअरीमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको छ ।
यो समय आफ्नो प्रेम जाहेर गर्ने उपयुक्त मौका हो। धेरै युवा–युवतीले भ्यालेन्टाइन डेलाई आफ्नो प्रेम व्यक्त गर्ने मौसमका रुपमा बुझ्छन्। यदि तपाईं पनि यो अवसरमा आफ्नो प्रेम व्यक्त गर्न चाहानुहुन्छ भने मन परेको मायालुलाई प्रेम प्रस्ताव राख्ने सही तरिका जान्नु जरुरी हुन्छ । जो निम्नानुसार छन्-
– जून दिन तपाईले उनी (प्रेमिका वा प्रेमी)लाई प्रपोज गर्नुछ त्यसको केही दिन पहिला एक फेक ईमेल आईडीबाट केही सन्देश पठाउनुस् । जसमा आजको पाँच दिनपछि तिमीलाई एउटा सरप्राइज मिल्दैछ भनेर लेख्नुस्।
– आफ्नो कलेज वा अफिसको क्यान्टिनमा उनलाई पनि सँगै लगेर जानुस् । र पहिला नै क्यान्टिनमा काम गर्ने वेटरलाई बताउनुस् कि उनी मेरी प्रेमी अथवा प्रेमिका हुन । उनले अर्डर गरेको बिलमा एउटा पेपरमा आफ्नो प्रपोज सन्देश लेखेर टेबलमा पठाउन सक्नुहुन्छ।
– आफ्नो र उनको तस्वीरको एक कोलाज बनाएर उनीमाथि एक रोमान्टिक जस्तो म्यासेज लेख्नुहोस् र पठाउनेको नाममा ‘भगवान चाहन्छन यो जोडी बनोस्’ लेख्नुस् । र यसलाई आफूले प्रस्ताव राख्दा (प्रपोज गर्दा) पनि दिनुहोस्।
– जसलाई तपाई मन पराउनुहुन्छ, उनलाई प्रपोज गर्दै एक भिडियो बनाउनुस् र त्यसलाई यूट्यूबमा पोस्ट गर्न सक्नुहुन्छ । फेरि त्यसको लिंकलाई उनको मेलमा पठाउन सक्नुहुन्छ।
–-एक सेतो टिसर्टमा एउटा आकर्षक म्यासेज लेख्नुस् । जस्तै ‘आई लभ यू’ वा अरु केही जे भन्न चाहनुहुन्छ त्यही प्रिन्ट गराउनुहोस्। त्यसको माथि एक सट लगाएर छोप्नुहोस । आफूले मन पराउने व्यक्तिलाई एकान्तमा बोलाउनुहोस्, मुस्कान छोड्दै सर्ट खोल्नुहोस् र टीसर्ट देखाइदिनुस्।