काठमाडौँ- प्रतिनिधि सभाको आजको बैठक शुरु भएको छ ।

बैठकमा आज पनि नेकपा एमालेका सांसदहरुले नाराबाजी गरेका छन ।

संसदको बैठक निरन्तर अबरुद्ध हुँदा जनतालाई सेवा पुर्‍याउने काममा समेत बाधा पुगेकोले बैठक निर्विवाद सुचारु गर्न दिन सभामुखले अग्निप्रसाद सापकोटाले पटक पटक आग्रह गर्नुभएको छ । तर एमालेका सांसदहरुले भने निरन्तर बैठकमा नाराबाजी गरिरहेका छन ।।