काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाउनुभएको छ ।
प्रधानमन्त्री देउवाले बिहीबार अपराह्न साढे ३ बजे मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो । अमेरिकी मिलिनियम च्यालेन्च कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा टेबल गर्ने विषयमै गठबन्धनभित्र एकमत नभएकाबेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको हो ।
बिहीबार नै प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भेटवार्ता भएको थियो ।
बिहीबार नै दिउँसो ३ बजे बस्ने सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक साँझ ५ बजे बस्ने भएको छ ।