काठमाडौं– आजका लागि तय भएको प्रतिनिधि सभा बैठक सरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो १ बजे बस्ने भनिएको बैठक भोलि दिउँसो १ बजेका लागि निर्धारण गर्नुभएको संघीय संसद सचिवालयले जनाएको छ ।
आजदेखि प्रतिनिधि सभा बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल गर्ने कार्यसूची थियो ।