चितवन- नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित हुनु भएको छ ।

दोश्रो चरणको निर्वाचन अगावै पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षका मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित हुन भएको हो ।

पहिलो चरणको मतदानमा सभापति पदका लागि राजेश्वर खनाल, मिलनबाबु श्रेष्ठ, उत्तम जोशी, डा. सूर्यकान्त घिमिरे र कैलाश कोइरालाले उम्मेदवारी दिनुभएको थियो ।

पहिल‍ो चरणको मतदानमा खनालले ७ सय ४६ र श्रेष्ठले ६ सय ६२ मत पाएका थिए । यस्तै उत्तम जोशीले ४ सय ७२, डा सूर्यकान्त घिमिरेले ४ सय २६, कैलाश कोइरालाले ४ सय १२ मत पाएका थिए ।

खनाल शेखर कोइराला पक्षधर हुन् भने श्रेष्ठ शेरबहादुर देउवा पक्षधर हुन् । पुन मतदान हुने भएसगैँ खनालको पक्षमा सबैले सर्वसहमतका लागि महोल बनाएका थिए ।-