रामेछाप- रामेछाप जिल्लाको मन्थली नगरपालिका वडा नं ७ भटौलीमा भएको ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मन्थली नगरपालिका वडा नं २ करमबोटका ट्याक्टर चालक सरोज माझी रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

दुर्घटनामा परी ट्याक्टरका सह चालक रमेश माझी घाइते भएका छन् । घाइते माझीको मन्थली अस्पतालमा उपचार भइरहेको छ ।

मन्थलीबाट भटौलीतर्फ जाँदै गरेको ज १ त ८३१८ नम्बरको उक्त ट्याक्टर सडकबाट करिब १ सय मिटर तल तामाकोसी नदिमा खसेको थियो । ट्याक्टर कोसीमा खसेपछि कोसीमा बेपत्ता भएका ट्याक्टर चालक माझीलाई आइतबार साँझ मृत अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।-