काठमाडौं- नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनु भएका चिनिया विदेश म‍न्त्री वाङ यी ले आज राष्ट्रपति बिधादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको छ ।

चिनिया विदेश मन्त्री वाङले राष्ट्रपति कार्यलय शितल निवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्नु हुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालको तीन दिने औपचारिक भ्रमणमा रहनु भएका चिनिया विदेश मन्त्री वाङले नेपाल चीनबीच हिजो भएको परराष्ट्र मन्त्रीस्तरिय वार्तामा चीनिया पक्षको नेतृत्व गर्नु भएको थियो ।

दुइ देशबीच भएको सो बार्तामा नेपाल चीनबीच ९ बुदे सम्झौता सहित नेपाल चीनबीच विधुत प्रसारण लाइन तथा रेलमार्गको सम्भाव्यता अध्ययन सम्वन्धी सम्झौता पनि भएको छ ।

विदेश मन्त्री वाङले हिजो प्रधान मन्त्री शेर वहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नु भएको थियो । चीनीया विदेश मन्त्रीले आज स्वदेश फर्कनुअघि नेपालका प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुसँग पनि भेटबार्ता गर्नु हुने कार्यक्रम रहेको छ ।

चीनिया विदेश मन्त्री वाङ यी नेपालको तीन दिने औपचारिक भ्रमण पुरा गरि आज स्वदेश फर्कनु हुनेछ ।-