फिफा विश्वकप २०२२ को युईएफए छनौटको प्लेअफ फाइनलमा नर्थ म्यासेडोनियालाई पराजित गर्दै पोर्चुगल विश्वकपका लागि छनौट भएको छ ।

आज बिहान पोर्चुगलको पोर्टोमा भएको खेलमा पोर्चुगलले म्यासेडोनियालाई २-० गोलको जीत निकाल्दै २०२२ को कतार विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

पोर्चुगलको जीतमा दुवै गोल सेन्टर मिडफिल्डर ब्रुनो फर्नान्डेजले गरेका थिए । पहिलो हाफको ३२औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डोको पासलाई गोल गर्दै फर्नान्डेजले पोर्चुगललाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको ६५औं मिनेटमा जोटाको पासलाई फर्नान्डेजले अर्को गोल गर्दै अग्रता दोब्बर बनाएका थिए । खेल अवधिभर पोर्चुगलले आफ्नो घरेलु मैदानमा म्यासेडोनियामाथि पूर्ण दबदबा राखेको थियो ।

प्लेअफकै आज सम्पन्न अर्को खेलमा भने पोल्याण्डले स्वीडेनलाई हराउँदै विश्वकपमा आफ्नो स्थान सुरक्षित बनाएको छ । स्वीडेन भने पोल्याण्डसँग २-० गोलको हार व्यहोर्दै फिफा विश्वकप २०२२ बाट बाहिरिएको छ ।-