काठमाडौं- महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनबीच सहमती जुटेको छ ।

सत्ता गठबन्धनबीच भएको चरणवद्ध छलफल पछि महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटको टुङ्गो लागेको हो ।

महानगरपालिका र उपमहानगरपालिकाको सिट बाँडफाँटसँगै चुनावी तालमेलका अन्य विषयहरुमा समेत सहमती भएको बैठकपछि सञ्चार तथा सूचना प्रबिधि मन्त्री एवं कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

सहमती गर्न बाँकी अन्य विषयहरुमा पनि दलहरु वीच सकरात्मक ढंगवाट छलफल भइरहेको उहाँले बताउनु भयो ।-