अमेरिकी अन्तरिक्ष यात्री जेसिका वाटकिन्सले अन्तरिक्ष स्टेशनको इतिहास रचेकी छन् । इलोन मस्कको रकेट कम्पनी स्पेसएक्सले हिजो बिहान थप चार अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा प्रक्षेपण गराएको हो ।

अन्तरिक्ष यात्रामा रहेका चारमध्ये जेसिका वाटकिन्स अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा विस्तारित मिसनमा सहभागी हुने पहिलो अश्वेत महिला बन्नुभएको छ ।

क्रु ड्र्यागन नाम दिइएको सो मिसनमा सहभागी वैज्ञानिकहरुले वैज्ञानिक परीक्षण र अन्तरिक्ष स्टेसनको मर्मत गर्नेछन् । प्रतिरक्षा प्रणालीमा उमेरको प्रभाव, जैविक सामग्रीको ठोस विकल्पहरु लगायतका विषयमा मिसनले अध्ययन गर्ने नासाले जनाएको छ ।-