न्यूयोर्क टाइम्सले 22 तारिख जनाएअनुसार चीनले आगामी फेब्रुअरी महिनामा पर्ने वसन्त चाड अघि नै करीब ५ करोड सर्वसाधारणलाई कोरोना भ्याक्सिन लगाउने योजना बनाएको सम्बन्धित विज्ञहरूले बताएका छन्।
आगामी वर्ष वसन्त चाडको विदामा अधिक सर्वसाधारणलाई खोप दिइनेछ। अप्रिलमा साइनोफार्फ र क्वोसिङ खोप औपचारिक रुपमा बजारमा पठाइनेछ। शाङ्हाइका खोप विशेषज्ञ थाउ ली नाका अनुसार ५ करोड भन्ने आँकडा प्रारम्भिक मूल्यांकनमा आधारित छ।
स्वास्थ्यकर्महरू, हवाई उड्ययनसँग सम्बन्धित र खाद्य उद्योग जस्ता भाइरल संक्रमणको उच्च जोखिम भएका मानिसलाई यो भ्याक्सिन सबैभन्दा पहिला लगाइने न्यूयोर्क टाइम्सले लेखेको छ।