काठमाडौं- आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासँग विशेष अदालतले ५० लाख धरौटी माग गरेको छ ।

सोमबार विशेष अदालतमा उपस्थित हुनुभएको थियो । शर्माको बयानपछि न्यायधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलाशले शर्मालाई ५० लाख धरौटी माग्ने आदेश गरेको हो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छ्यौट आयोगमा रहँदा अनियमितता गरेको भन्दै उहाँमाथि भ्रष्टाचार मुद्दा चलाएको थियो ।