काठमाडौं - आज ४ फेब्रअरी अर्थात विश्व क्यान्सर दिवस । "म हुँ र म गर्छु" भन्ने भन्ने नाराका साथ आज देशभर विभिन्न सचेतनामुलक कार्यक्रम गरी यो दिवस मनाइदैछ ।
क्यान्सर विश्वमा द्रोसो घातक रोग बनेको छ। यो कुनै जिवाणुको कारणले नहुने भएकाले नसर्ने रोग भनिन्छ ।
क्यान्सर महिला पुरुष दुवैलाई हुन सक्छ । क्यान्सर भनेको शरीरको कुनै कोश वा कोशिकाहरुमा अस्वभाबिक बृद्धि हुनु हो । यसलाई समयमै हटाएन वा नष्ट गरिएन भने शरीर भरी फैलिएर मुत्यु हुन सक्छ ।
मानव शरीर लाखौं कोशिकाहरुबाट बनेको हुन्छ । सामान्यतय यिनिहरु उमेरसँगै स्वभाविक र नियमित किसिमले बढ्छन । कुनै कोशिकाहरु कारणबश अस्वभाविक र अनियमित तरीकाले बढेमा यसलाई एक किसीमको ट्युमर भनिन्छ । ट्युमर घातक र नम्र दुई किसीमको हुन्छ । घातक ट्युमरलाई शल्यक्रिया या अन्य तरीकाले नहटाएसम्म शरीरको अन्य भागमा फैलदै जान्छ । ट्युमर अत्याधिक मात्रामा बढ्दै गएमा क्यान्सरको संज्ञा दिइन्छ । नम्र किसीमको ट्युमर हानिकारक मानिदैन ।
यो रोग कोशिकाहरु रक्तनलिमा बढ्दै रगतको माध्यमबाट अन्य भागमा फैलिन्छ । यो शरिरका अंग वा तन्तुहरुबाट निस्कने एक किसीमको रंगहिन क्षार बाट प्रवेश गरी लिम्फ ग्रंथि तिर प्रवाहित हुन्छ । साथै कोशिकाहरु सोझै शरिरका एक तन्तुबाट अर्को तन्तुमा सरेर पनि बढ्ने गर्दछ ।
कारण
गलत खानपान र बद्लिदो जीवनशैली नै प्रमुख कारण हो ।
अखाद्य वस्तुको प्रयोग । जस्तैः किटनाशक औषधि र रसायनिक मलको प्रयोग भएको खानेकुरा, हानिकारक रंग मिसाइएको खानेकुरा, धैरै नुन भएको खानेकुरा र गलाएको अचारहरु को अत्याधिक प्रयोगले क्यान्सरलाई बढवा दिन्छ ।
वंशाणुगत
धुम्रपान तथा सुर्तिजन्य पदार्थको सेवन
हानिकारक रसायनिक तत्व, विकिरणको सम्पर्क
बच्चा धेरै जन्माउने वा कम उमेरमा बच्चा जन्माउने
शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम
नेपालमा हुने प्रमुख क्यान्सर
गर्भाशयको क्यान्सर
सानै उमेरमा विवाह गर्नु, प्रसुती व्यथा लामो समयसम्म लाग्नु, प्रसव व्यथाका क्रममा चोट लाग्नु र त्यो ठिक हुनु अगावै गर्भधारण भएमा गर्भाशयको क्यान्सर हुनुको मुख्य कारण हो । गर्भाशयको क्यान्सर भएमा यौन सम्पर्क गर्दा पिडा हुने, महिनावारीपछि पनि रक्तश्राव हुने, योनीबाट दुर्गन्ध पानी बग्ने, खुट्टा तथा कम्मर दुख्ने, पिसाब गर्दा पिडा महसुस हुने गर्दछ ।
पाठेघरको मुखको क्यान्सर
पाठेघरको मुखको क्यान्सर भएमा योनीबाट असामान्य रुपमा रक्तश्राव हुन्छ, त्यसको साथै योनीबाट सेतो गन्हाउने पानी बग्छ । त्यस्तै, शरीरमा रगतको कमी हुनुका साथै खान मन नलाग्ने, तौल कम हुने तथा पिसाब सम्बन्धि समस्या हुन्छ ।
आमाशयको क्यान्सर
पेट दुख्नु, भोक नलाग्नु, रगत वान्ता हुनु, शरीरमा रगतको कमी हुनु तथा दिशा गर्दा रगत निस्कनु आमाशयको क्यान्सरको संकेत हो ।
रक्त क्यान्सर
एक्स रे, सिटी स्क्यान लगायतबाट निस्कने विकिरण शरीर भित्र प्रवेश गरेमा यसले शरीर भित्रको हड्डीका साथै रक्त कोषिकालाई समेत प्रभावित गर्छ । मुख तथा नाकबाट रगत बग्नु, शौच गर्दा रगत निस्कनु, जोर्नी तथा हड्डीमा दुखाई महसुस हुनु, लगातार ज्वरो आउनु, निरन्तर पखाला लाग्नु, सास लिनमा कठिनाई हुनु, शरीरमा गाठा गुठीका साथै नीलो डाम देखिनु, शरीरमा बारम्बार संक्रमण हुनु पनि रक्त क्यान्सरको प्रमुख लक्षणहरु हुन् ।
मुखको क्यान्सर
सुर्तीजन्य पदार्थको सेवन नै मुख तथा घाँटी क्यान्सरको प्रमुख कारण हो । मुखभित्र कुनै गाँठो आएमा, घाउ वा पित्त बनेमा, मुखमा सेतो दाग आएमा, र्याल बगेमा, मुखबाट दुर्गन्ध निस्किएमा, मुख खोल्न, बन्द गर्न वा कुनै खानेकुरा निल्नमा समस्या भएमा पनि मुखको क्यान्सर हुनसक्छ ।
ब्रेन क्यान्सर
मस्तिकमा कोषिकाहरुको असामान्य वृद्धिलाई नै ब्रेन क्यान्सर भनिन्छ । ब्रेन क्यान्सर भएमा मस्तिष्कमा गाँठा देखिने गर्दछ । जसका कारण बारम्बार टाउको दुख्ने, चक्कर आउने, याददास कम हुँदै जाने, आँखा धमिलो देखिने, शरीर असन्तुलित हुने, व्यवहारमा परिवर्तन आउने, कुनै कुरा ठम्याउनमा कठिनाई हुन्छ ।
स्तन क्यान्सर
शरीरका अन्य अंगहरुमा जस्तै महिलाको स्तनमा पनि कोषहरु बन्ने र नष्ट हुने क्रिया भैरहेको हुन्छ । स्तनमा रहेका कोषहरु मर्ने र असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना रहन्छ ।
फोक्सोको क्यान्सर
विभिन्न क्यान्सरमध्ये फोक्सोको क्यान्सर पनि एक हो । फोक्सोको क्यान्सर विशेष गरी सूर्तीजन्य पदार्थको सेवन गर्ने व्यक्तिहरुमा धेरै देखिने गरेको छ ।
क्यान्सरबाट बच्ने उपाय
विभिन्न उपाय अपनाएर सबै प्रकारका क्यान्सहरु बाच बच्न सकिन्छ भन्ने नभएता पनि यस्ता सावधानी अपनाउँ केही हदसम्म क्यान्सर रोग लाग्नबाट बच्न सकिन्छ ।
धुम्रपान तथा सुर्तिजन्य वस्तु सेवन नगर्ने
खानपानमा ध्यान पुर्याउने
पर्याप्त व्यायाम गर्ने
जीवनशैली परिवर्तन
बोसोयुक्त मासु नखाने
तारेको, पोलेको खाना नखाने
नुन तथा पुराना अचार कम खाने
समयमै बच्चा जन्माउने
बच्चालाई स्तनपान गराउने
नियमित स्वास्थ्यपरिक्षण गराउने
सरसफाईमा विशेष ध्यान दिने
क्यान्सर शुरुमा नै पत्ता लगाएर उपचार गर्न सके शरीरको अन्य भागमा फैलने सम्भावना कम हुन्छ । उपचार सजिलै गर्न सकिन्छ । साथै निको पनि हुन्छ ।
क्यान्सर पत्ता लगाउन शरीरको शंका लागेको भागको मासु परिक्षण गराउनुपर्छ । जसलाई बायोप्सि परिक्षण भनिन्छ । त्यसबाहेको क्यान्सरको प्रबुत्ति हेरेर अन्य परिक्षण बोन म्यारो इक्नामिनेसन गरिन्छ ।
यसको उपचार शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापीको माध्यमबाट गरिन्छ । उचित समयमा उपचार गर्न सके ३३ प्रतिशत अर्बुद रोग निको पार्न सकिन्छ । पहिलो चरणमा नै उपचार र सन्तुलित खानपिन गरेमा क्यान्सरलाई पुर्ण रुपमा निको पार्न सकिन्छ ।