काठमाडौं— चिकित्सकको परामर्श शुल्क एकतर्फी निर्णयमा बढाइएकोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहमति नरहेको मन्त्रालयले जनाएको छ ।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरेर मन्त्री हृदेयश त्रिपाठीले नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल ९अफिन०ले चिकित्सकको परामर्श शुल्क वृद्धि गरेर नयाँ शुल्क लागु गर्न भनेपनि मन्त्रालयको सहमति नरहेको बताए ।
मन्त्री त्रिपाठीले भने 'कानुनी हैसियत नै नराखी भएको निर्णयमा मन्त्रालयको ध्यानाकर्षण भएको छ । मन्त्रालयले जारी गरेको ध्यानाकर्षण पत्रमा यसअघि मन्त्रालयबाट गठित परामर्श शुल्क सिफारिस समितिले सिफारिस गरेको शुल्क परिमार्जनलाई मन्त्रालयले निर्णय नगरिसकेको अवस्थामा र मन्त्रालयसँग थप कुनै पनि परामर्श नगरी शुल्क वृद्धि गर्ने अवस्था रहँदैन,’ । आवश्यक थप गृहकार्य र मन्त्रालयसँग परामर्श गरी मात्र यस किसिमको निर्णय गर्न उचित हुने समेत पत्रमा उल्लेख गरिएको छ ।
मन्त्रालयले निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक, नर्स तथा कार्यरत स्वास्थ्यकर्मीहरुको न्यूनतम पारिश्रमिक, अस्पतालको सेवा शुल्क र परामर्श शुल्क समेत समय सापेक्षित परिमार्जन गर्नका लागि मन्त्रालय छलफल गर्न तयार रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले एकलौटी रुपमा गरिएको यस्तो निर्णयले सर्वसाधारणमा दुविधा उत्पन्न हुने भन्दै त्यसले सेवा असर पुग्ने उल्लेख गरेको छ । मन्त्रालयले निजी स्वास्थ्य संस्थामा कार्यरत सेवा प्रदायकहरुको तोकिए बमोजिमको न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न र सो पारिश्रमिक बैंक मार्फत भुक्तानी गर्न पनि पुनः स्मरण गराएको छ ।
बुधबार चिकित्सकहरुको साझा संगठन नेपाल चिकित्सक संघ (एनएमए) र एशोसियसन अफ प्राइभेट हेल्थ इन्ष्टिच्युसन नेपाल (अफिन) ले चिकित्सकको परामर्श शुल्क वृद्धि गरेर नयाँ शुल्क लागु गर्न निर्देशन दिएका थिए ।
यस्तो छ स्वासथ्य मन्त्रालयले निकालेको ध्यानाकर्षण पत्रः
’