काठमाडौं - केहि बर्ष अघिसम्म कुनै चाडपर्वको समयमा मात्र मासु खाने गरिन्थ्यो भने हाल धेरैजसो व्यक्तिले दैनिक वा हप्तामा दुई तिन पटक मासु खाने गर्छन् ।
मासु बनाउँदा मरिच मिसाएर बनाउँदा अझ स्वादिष्ट्र बन्छ । मरिचे मासु चाख्न मन भएमा यस्तो तरीका अपनाउनुहोस् ।
एउटा ठुलो भाँडामा कुखुराको मासु, मरिच, कागतीको रस, कुटेको अदुवा लसुन र नुन राखि राम्रोसँग मोलेर एकघण्टाको लागी छोपेर छोड्नुस् ।
ठुलो भाडोमा तेल सुकुमेल, कालो मरिच र ल्वाङका साथै कुखुराको मासु, हालि राम्रोसँग पकाउनुपर्छ । र ५ मिनेट पछि मासु पल्टाउनुपर्छ ।
छोपेर करिब १० मिनेटको लागी पकाउनुपर्छ ।
मासु खैरो भएपछि त्यसमा सादा दहि १ चम्चा, मरिच र हरियो खुर्सानी हाल्नुपर्छ ।
अन्त्यमा गरम मसला र जिरा धनिँयाको धुलो हालेर २ मिनेट पकाउने र निकाल्नु अघि हरियो धनिन्या हालेर तातो तातो पस्किनुपर्छ ।
यसरी बनाएको मरिचे चिकेन एकदमै स्वादिलो बन्छ ।
कुखुराका मासुको फाइदाहरु
मांशपेशिहरु निमार्ण गर्न सहयोग गर्दछ ।
तनाब कम गर्छ ।
हड्डिहरु स्वस्थ्य राख्दछ ।
कालो मरिचका फाइदाहरु
पचाउनको लागी सहयोग गर्दछ ।