बर्दियाको बारबर्दिया नगरपालिकाका भुवन केसीको मिर्गौलाले काम गर्न छाडेपछि प्रत्यारोपण गर्न आर्थिक समस्या भएकाले सम्पुर्ण मनकारी मनहरुमा सहयोग गर्न आग्रह गरिएको छ ।
केसीको तिन बर्ष पहिले एउटा मिर्गौलाले पुर्ण रुपमा काम गर्न छोडेपछि त्यो मिर्गौला निकालेर फालिएको थियो । अहिले उनको अर्को मिर्गौलाले पनि काम गर्न छोडेको परिवारजनको भनाइ छ ।
बारबर्दिया नगरपालिको वडा नम्बर ९ बनगाईमा बस्दै आएका केसीको मिर्गौलाले काम गर्न छोडेपछि अहिले उनको उपचारमा आर्थिक समस्या भएको भुवनका बुवा कृष्ण बहादुर केसीले बताएका छन् ।
उनका बुबाले छोराको उपचारमा सबै सम्पती सकिएकाले थप उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेका छन् । भुवनका बुबा कृष्ण भन्छन् 'केहि वर्ष पहिला छोराको एउटा मिर्गौलामा खराबि देखाएपछि फालियो अर्को मिर्गौलाले पनि काम गर्न छोडिसक्यो भएको सम्पत्ति पनि सकियो,छोराको थप उपचार कसरी गर्ने भन्ने समस्याले सताएको छ।'
भर्खरै १७ बर्ष पुगेका केसीको उपचारका लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।
कृष्णबहादुरले छोरालाई आफ्नो मिर्गौला दान गर्ने भएपनि मिर्गौला प्रत्यारोपणमै लाग्ने खर्च जुटाउन नसकेका कारण मनकारी व्यक्तित्वका माझ उनले सहयोग गर्न अपिल गरेका छन् ।
छोराको उपचारमा झण्डै १५ देखि २० लाख रकम लाग्ने अनुमान गरिएकाले आर्थिक सहयोगका लागि उनले सम्पुर्णमा आग्रह गरेका छन् ।
उनको उपचारमा सहयोग गर्न चाहने व्यक्तिले भुवन केसीका बुबा कृष्णबहादुर केसीलाई । ९८२४५०३६११ नंम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । साथै उनको बैक खाता नम्बरमा पैसा पठाउन पनि सक्नुहुन्छ ।
बैक खाता नम्बरः ००५००५००००२५२४०००००१
बैंकको नामः कर्णाली डेभलपमेन्ट बैंक
ठेगानाः बासगडि,बर्दिया
खातावालाको नामः देबि केसी