काठमाडौं- काठमाडौंको धुम्बराहीस्थित ह्याम्स हस्पिटलले आजबाट ३ महिने क्रिटिकल केयर नर्सिङ ट्रेनिङ सुरु गरेको छ ।
१० औं ब्याच यस ट्रेनिङमा ३१ जना नर्सहरुको सहभागिता रहेको छ । आइबार बिहान क्रिटिकल केयर नर्सिङ ट्रेनिङ कार्यक्रममा बोल्दै अस्पतालका अध्यक्ष आर.एस भण्डारीले भने नर्सहरु ठुलो आशा बोकर यस ट्रेनिङमा सहभागिता जनाएका छन् जसलाई यस अस्पतालले मध्यनजर गर्दै अन्तराष्ट्रियस्तरको तालिम दिने छ ।
ह्याम्स हस्पिटलले दुई साताअघि दरखास्त आव्हान गरेपछि कुनै पनि अस्पतालमा आबद्ध रहेर काम गरिरहेका र नर्सिङ पास गरेर बसेका नर्सहरुले आवेदन दिएका थिए । जसमध्ये लिखित तथा अन्तर्वार्ता लिएर पास भएकाहरुलाई मात्र तालिममा सहभागि गराइएको हो ।
ह्याम्स हस्पिटलले क्रिटिकल केयर नर्सिङ एसोसिएसन अफ नेपाल (सिसिनान) सँगको सहकार्यमा क्रिटिकल केयर नर्सिङ सम्बन्धि विशेष पाठ्यक्रम तयार गरी सञ्चालन हो ।
नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा.भगवान कोइरालाले तालिमको उद्घाटन गर्दै यस किसिमको सहकार्यबाट अस्पतालमा कार्यरत नर्सिङ स्टाफहरुलाई उत्प्रेरणा मिल्नुका साथै देशको क्रिटिकल केयर उपचार क्षेत्रमा दक्ष जनशक्तिको अभाव पूरा गर्न महत्वपूर्ण योगदान पुग्ने बताए ।
कार्यक्रममा उपस्थित नेपाल मेडिकल एसोसिएसनका अध्यक्ष डा. लोचन कार्कीले कोभिड उपचारमा ह्याम्सले गरेको योगदानको प्रशंसा गर्दै बिरामीको सेवामा चिकित्सकको भन्दा पनि नर्सहरुको ठुलो हात हुन्छ भन्दै उनिहरुलाई आफ्नो पेशामा अब्ब र क्षमतावान बन्नका लागि यस्ता खाले तालिम लिन धेरैे आवश्यक रहेको समेत उल्लेख गरे ।
त्यस्तै, आईसियू विज्ञ प्रा.डा. अर्जुनबहादुर कार्कीले क्रिटिकल केयर नर्सिङलाई गुणस्तरीय बनाउन ह्याम्सले गरेको सहकार्यको प्रशंसा गर्दै बिरामीको सेवाका लागि क्रिटिकल केयर नर्सिङ ट्रेनिङको अत्यन्तै महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने '३ महिनाको तालिममा नै सबै कुराहरु सिकिन्छ भन्ने छैन तर बिस्तारै सबैकुरा सिक्न नर्सले आवश्यक छ ।, 'बिरामीको सम्पूर्ण ख्याल नर्सले राख्नु पर्ने हुनाले यस्ता खाले तालिमले उनिहरुलाई सक्षम बनाउँछ ।'
हस्पिटलका कार्यकारी निर्देशक डा.ज्योतीन्द्र शर्माले स्वागत मन्तव्य दिँदै क्रिटिकल केयर नर्सिङ सम्बन्धि विश्वस्तरीय तालिम उपलब्ध गराउने समेत प्रतिबद्धता गरे ।
सो अवसरमा सिसिनानकी अध्यक्ष लक्ष्मी केसीसहित, महासचिव कविता सिटौला, कोषाध्यक्ष बिमला केसी, हस्पिटलकी नर्सिङ डाइरेक्टर वरुणा पौडेल सुवेदीलगायतले नेपालको नर्सिङ क्षेत्रको विकासका लागि यो क्रिटिकल केयर नर्सिङ कार्यक्रम अत्यन्त सहयोगी हुने विश्वास व्यक्त गरे ।
के हो क्रिटिकल केयर नर्सिङ ट्रेनिङ ?
क्रिटिकल केयर नर्सिङ ट्रेनिङ भन्नाले सिकिस्त भएका बिरामीहरुलाई सेवा गर्ने नर्सहरुले लिने तालिम हो । सामान्यरुपमा बुझदा सिकिस्त बिरामी भन्ने बितिकै आइसियू वा भ्यान्टिलेरमा भएका बिरामी भन्ने बुझ्छौं त्यति मात्र नभएर सिकिस्त बिरामी भन्नाले अन्य बिरामी पनि हुन सक्छ । सिकिस्त भएका बिरामीलाई नर्सले कसरी हेर्ने ? कस्तो अवस्थामा के गर्ने ? कसरी डिल गर्ने भन्ने विषयहरुको बिस्तृत रुपमा तालिम लिइनु नै क्रिटिकल केयर नर्सिङ ट्रेनिङ हो ।
’