काठमाडौं । जेन्जि एउटा उदाउदै गरेका निस्वार्थ र देश भक्ती युवाको अनौपचारिक संगठन हो । जब शासकले देश र जनताको मुद्दा छाडेर सत्तामा उम्लिदै आसेपासे र स्वार्थ समुहको घेराबन्दिमा रमाइ हामि नै देश हो भन्दै मात्तिएको हुन्छ त्यतीबेला जेन्जिको जन्म हुन्छ । जुन नेपालमा पनि उदाउदै थियो जसलाई उम्रन नपाउदै मासियो । वास्तविक देश भक्त जेन्जी बिचमै हराए भने यो देशलाई दुर्घटना तिर धकेल्ने समूह आन्दोलनको हुर्मत लिन अन्तिम समयमा देखा पर्यो ।
जसले सरकारले पुर्णता नपाउदै राजीनामा समेत मागेको छ जुन जेन्जी नै थिएन । माओवादीले उठाउदै आएको माग भ्रष्टाचार मा शून्य सहनशीलता र प्रत्यक्ष कार्यकारी प्रमुख र देशभक्त जेन्जीले चाहेको माग मिल्दोजुल्दो भएपछि माओवादीले समर्थन गरेको बुझिन्छ । यहि जेन्जीको आन्दोलनको माग र यहि संसदलाई आधार मानेर दुई तिहाईले संविधान संसोधन गरि प्रत्यक्ष कार्याकारी प्रणाली जाने व्यवस्था गरेको भए जेन्जीको बिजय हुन्थ्यो भने प्रतिगामीको हार तर यहाँ उल्टो भयो । जेन्जी पाखा लागे स्वार्थ र अराजक समूह सलबलाउन थाल्यो ।
परिवर्तनको लागि अघिल्लो घेरामा आवाज उठाउने जेन्जी ले निर्ममता पुर्वक गोलि खानु पर्यो । लुटपाट आगजनी गर्ने समूह कहिबाट संचालित थिए जसको उदेश्य मुलुकलाई ध्वस्त पार्नु थियोे । आफ्नो सरकारबने पछी दोसिलाइ कानूनी कठघरमा ल्याइ भ्रष्टाचार गरेको सम्पत्ति रास्ट्रियकरण गर्नुको साटो प्रमाण नस्ट गर्ने तिर लागियो जुन समुहको उदेश्य प्रमाण नस्ट भन्दा पनि अराजक फैलाइ देशलाई पचासौ बर्स पछाडि धकेल्नु थियो जुन पूरा भयो हामी धेरै पछाडी पुग्यौ । वास्तविकता नबुझी हावा र हुरिको भरमा डौदिन खोज्ने नागरिक पनि सामेल छन जुन देशको लागि दुर्भाग्य हो ।
हजारौंलाई रोजगारी दिएका व्यासयिक क्षेत्रमा आगजनी, तोडफोड र जति निन्दा गरेपनी कमै हुन्छ । नेता प्रती आक्रोश पोखेपानी रोजगारिका क्षेत्र सत्यनाश हुनु लगानी कर्ता निराश हुनु बिदेशी लागानिकर्ताको पनि सोचनिय विषय बन्यो । 20 रुपैयाको चाउचाउ समेत चोरेर हिड्ने हामी जनताले आउने चुनावमा आफ्ना अधिकार र चाहनाप्रति तिलान्जली दिदै मासु र एकछाक भातमा नबिकिएला भन्न निकै अप्ठ्यारो छ । त्यति बेला हाम्रा सबै एजेन्डा बिस्मृत हुनेछ्न।
पछिल्लो समय जब माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारले भ्रस्टाचार र सुशासनको पक्षमा देशलाई उभ्याउने लयम जान थाल्यो भ्रष्टाचारका फाइलहरु खोतल्न थाल्यो देशमा पहिलो र दोस्रो शक्ति मिलेर प्रमुख पार्टीका मुख्य पार्टीका नेता जेल जाने त्रासले प्रचण्ड सरकार ढाले । जसमा इतिहासमै पहिलो घटना होला ।
सुरु देखि नै माओवादीले प्रत्यक्ष कार्यकारी व्यवस्था माग गर्दा प्रचण्डलाई भित्ते रास्ट्रपतिको संज्ञा दिए जुन माग अहिले सबै मुखमा बसेको छ । अहिलेको जनताको चाहाना र माओवादी ले सुरु देखिनै उठाएका माग मेल खान पुगेका छन ।
'भ्रष्टाचार गरेर कमाएको अकुत सम्पत्ति सम्पत्ति रास्ट्रियकरण गर्दै दोसिलाइ जेल कोच्न' जनताको पहिलो मा हो ।
रबिको कारण हजारौं कैदी भाग्ने मौका पाएको दाग मेटिन गारो हुने भयो । म भित्र असुरक्षित भएर बाहिर आए शान्ति कायम भएपछि कारागार फर्किन्छु भन्नू सट्टा नक्कली कागज देखाउदै खुसी हुँदै हात हल्लाउँदै निस्के जति बेला बालबालिकाको शरीर बिच बाटोमा सहिद बनेर ढलेका थिए ।
अहिले जुन पर्दा भित्रको स्वार्थ समुहलाई नेपाली केही बौद्धिक जमातले समर्थन गरेको छ उनले बिस्तारै पहिचान गर्नेछ्न । दुखको कुरा त के भने आफ्नो परमाधिपतीको भवन जल्दा पनि सेना नपुग्नु बचाउन नखोज्नु उनको बाध्यता थियो वा कानूनी बाधा बुझ्न सकिएको छैन । अन्तिममा व्यवस्था बचाउन राम्रो भूमिका खेलेको जङी अड्डा यो प्रश्न बाट भने टाढा रहन सकेन ।
सेनाले चाहेको भए शितल निवास र सिंहदरवार बचाउन सक्थ्यो भन्ने नागरिक मा प्रस्न उब्जेको छ । यी सबै क्रियाकलाप र घटनाक्रम र अहिलेको अवस्था हेर्दा अन्त्यमा जनता पुरानै दल सच्चिएर आए समर्थ नगर्लान भन्न सकिने अवस्था रहेन ।
प्रदेशी खारेजी सहित जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी रास्ट्र प्रमुख अहिलेको आवश्यकता हो । सबै दलले बिचार गरून् । यो सक्किने वा सच्चिने सुनौलो चुनौती पुर्ण मौका को ।
(लेखक कृष्ण प्रसाद पौडेल सन्धिखर्क ४, अर्घाखाँची )