काठमाडौं । तनहुँमा ९ लाख रुपैयाँ नगदसहित २९ जना ’जुवाडे’लाई पक्राउ गरिएको छ । मंगलबार राति शुक्लागण्डकी नगरपालिका–८ का बिलबहादुर गुरुङको घरबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेका हुन् ।
गुरुङको घरमा ठूलो धनराशीमा कौडा खेलिरहेको भन्ने सूचनापछि पुगेको प्रहरीले ९ लाख ११ हजार ४०५ रुपैयाँ नगदसहित उनीहरूलाई पक्राउ गरेको तनहुँका प्रहरी प्रमुख एसपी दिनेश मैनालीले बताए । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–८ का भानुभक्त पराजुली, शुक्लागण्डकी–४ का सुरज रामजाली, निर पुन, अन्जन गुरुङ, प्रकाश गुरुङ, बिकी गुरुङ, दिलचन्द्र पुन, जितबहादुर सुनार रहेका छन् ।
यस्तै, शुक्लागण्डकी नगरपालिकामा नै मोहित जुहारचन, राजु पुन, राजु मगर र मानबहादुर परियारलाई पनि जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । शुक्लागण्डकी–२ का रुपेश गुरुङ, शुक्लागण्डकी–३ का गोविन्द बिक, दीपक सुनार, विष्णु विश्वकर्मा, शुक्लागण्डकी–८ का नारायणसिंह थापा, चूडामणि पौडेल, रमेश भट्टराई, बिलबहादुर गुरुङ, पदमबहादुर गुरुङ, भरत गुरुङ, मुमलाल बिक र रोशन भट्टराई पक्राउ परेका छन् ।
सोही ठाउँका प्रकाश भट्टराई, सोमप्रसाद पौडेल, श्याम गुरुङ, मणिरत्न पौडेल र शुक्लागण्डकी–११ का कृता भट्टराई छन् । पक्राउ परेकाहरुमाथि जुवा ऐनअनुसार कारबाही गरिने प्रहरीले जनाएको छ ।